| शनिबार, अशोज ९, २०८३

संसरी महेन्द्र माविमा पुस्तकालयका लागि ५० हजार प्रदान, रु एकलाखको अक्षयकोष

लायन्स क्लव अफ काठमाडौँ च्याम्पियनसंगको सहकार्यमा लायन्स मनराम फाउण्डेशन नेपाल २००५ ले गोरखाको एक विद्यालयमा पुस्तकालय स्थापनका लागि ५० हजार रुपैयाँ प्रदान गरेको छ । गोरखा नगरपालिका ६ स्थित संसरी महेन्द्र माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनका लागि संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सो रकम एक समारोहका बीच हस्तान्तरण गरेका हुन् ।

साथै सोही विद्यालयमा एकलाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको दीपकबाबु थापाले जानकारी दिए । सो अवसरमामा लायन्स क्लव इन्टरनेशनल डाइरेक्टर इण्डोर्स राजन लम्साल तथा डिस्ट्रिक्ट ३२५ आई, नेपाल गभर्नर पार्वती खरेल पाण्डेलगायत सहभागी थिए ।

सो अवसरमा लायन्स क्लव अफ काठमाडौँ च्याम्पियनसंगका प्रेसिडेन्ट डिबी थापा, डिस्ट्रिक्ट एनएलएफ कोअर्डिनेटर दीपकबाबु थापालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्