| मङ्लबार, अशोज १२, २०८३

गुरुकुलका बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण

गोरखा नगरपालिका–६ छहरेस्थित गोरक्षनाथ वैदिक गुरुकुल आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

३१ औ बार्षिक उत्सवको अवसरमा पारेर मंगलवार हेड्स नेपाल गोरखा शाखाले सामग्री वितरण गरेको हो ।

संस्थाका सदस्य एवं शिक्षा उपसमिति संयोजक रुसबाबु जोशीको समन्वयमा रोजिना पुस्तक भण्डारले कपि, कलम, पेन्सिल लगायतका २० सेट शैक्षिक सामग्री वितरण गरेको हो ।

संस्थाका अध्यक्ष ओमबहादुर श्रेष्ठले गुरुकुलमा आयोजित एक कार्यक्रमकाबीच बिद्यार्थीहरुलाई सामग्री हस्तान्तरण गरेका थिए ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोधप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्यहरु रुसबाबु जोशी, किरण अर्याल, गुरुकुलका प्रधानाध्यापक इश्वरी प्रसाद उपाध्याय लगायतले मन्तव्य राखेका थिए ।

हाल गुरुकुलमा १७ जना बिद्यार्थी आवासिय सुविधा सहित अध्ययन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्