| मङ्लबार, अशोज १२, २०८३

छेवेटारमा सशस्त्र प्रहरीको नेपाल एपिएफ स्कुल बन्ने

सशस्त्र प्रहरीले गोरखा नगरपालिका–१० छेवेटारमा विद्यालय सञ्चालन गर्ने भएको छ । विभिन्न प्रदेशहरुमा विद्यालय सञ्चालन गर्ने क्रममा सशस्त्रले गण्डकी प्रदेशअन्तर्गतको विद्यालय छेपेटारमा सञ्चालन गर्ने निर्णय गरेको हो ।
आवासीय सुविधा सहितको विद्यालय सञ्चालन गर्नका लागि सशस्त्रले छेपेटारमा कित्ता नम्वर १४६९ को ४७ रोपनी ५ आना क्षेत्रफल सार्वजनिक जग्गा व्यवस्था गरिसकेको छ ।
गत भदौमा नगर कार्यपालिकाको बैठकले सो क्षेत्रफलको जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ । पालिका स्तरीय विपद व्यवस्थापन समितिले पनि सो जग्गा सिफारिस गरिसकेको सशस्त्र प्रहरी बल गोरखा गुल्मका प्रमुख प्रहरी नायव उपरीक्षक सुमन वोगटीले बताए । ‘भदौ महिनामै कार्यपालिकाले जग्गा उपलब्ध गराउने निर्णय ग¥यो,’ उनले भने, ‘पालिका स्तरीय विपद व्यवस्थापन समितिले विपद व्यवस्थापनमा उक्त जग्गा आवश्यक नपर्ने भनेर सिफारिस गर्नुपर्ने रहेछ, त्यो पनि केही दिनअघि बसेको समिति बैठकले गरिसकेको छ ।’
सिफारिस पत्र उपलब्ध गराइदिन भन्दै गुल्मले केही समयअघि समितिमा पत्राचार गरेको थियो । सो क्षेत्रमा रहेको कुल १०३ रोपनी १५ आना जग्गामध्ये ४७ रोपनी ५ आनामा स्कुल बन्ने बताइएको छ । अव लगत स्टमेटको काम सुरु हुने बोगटीले जानकारी दिए । ‘जग्गा प्राप्ति भएपछि बल्ल अरु प्रक्रिया सुरु गर्ने भन्ने थियो, अव लगत स्टमेटको काम सुरु हुन्छ,’ उनले भने । हरेक प्रदेशमा सशस्त्र प्रहरीको स्कुल बनाउने योजना अन्तरगत गण्डकी प्रदेशको गोरखामा बनाउन लागिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्