| मङ्लबार, अशोज १२, २०८३

द्रव्यशाह क्याम्पसमा व्यक्तित्व बिकास सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न

बिद्यार्थीलाई रोजगार आर्जन सिप प्रवद्र्धन गर्ने उदेश्यका साथ द्रव्यशाह बहुमुखी क्याम्पसमा भएको व्यक्तित्व बिकास सम्बन्धी एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

स्नातक र स्नतकोत्तरमा अध्ययनरत बिद्यार्थीलाई लक्षित गरी शनिवार गोष्ठी भएको हो ।

क्याम्पसको ‘उच्च शिक्षामा उत्कृष्टताको पोषण’ परियोजना अन्तरगत रोजगार तथा परामर्श इकाईको संयोजनामा भएको गोष्ठीमा विश्व विद्यालय अनुदान आयोगको आर्थिक सहयोग सहयोग रहेको थियो ।

गोष्ठीमा सहभागी विद्यार्थीलाई रोजगार आवेदन लेख्ने विधि, सिभि (व्यक्तिगत विवरण) बनाउने तरिका, अन्र्तवार्ता, ईमेल र मानसिक स्वास्थ्यको बारेमा जानकारी गराइएको थियो ।

विद्यार्थीहरुको रोजगार आवेदन सिप प्रर्वद्वन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको निमित्त क्याम्पस प्रमुख शरण श्रेष्ठले बताए । कार्यक्रममा शोभा महर्जन, केशव खड्का र कल्पना महर्जनले सहजीकरण गराएका थिए ।

गोष्ठीले बिद्यार्थीको सिप अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

श्रेष्ठको अध्यक्षता तथा क्याम्पस संचालन समितिका कोषाध्यक्ष ईश्वरकाजी मास्केको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्याम्पसका विभागीय प्रमुख, प्राध्यापक, कर्मचारी, विद्यार्थी संगठनका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्