| मङ्लबार, अशोज १२, २०८३

सय विद्यालयका शिक्षकहरुलाई सीप अभिवृद्धि तालिम

गोरखाका विद्यालयहरुमा नेपाली भाषा शिक्षण क्रियाकलापमा सहयोग गर्दै आएको रुम टु रिड नामक गैरसरकारी संस्थाको सहयोगमा एकीकरण नेपालले जिल्लाका एकसय वटा विद्यालयका शिक्षकहरुलाई भाषा शिक्षण तालिम सञ्चालन गरेको छ ।
सदरमुकामका दुई ठाउँमा गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिका, अनि पालुङटार नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकाका शिक्षकहरुलाई तालिम सञ्चालन गरेको हो ।

कक्षा २ मा नेपाली भाषा पढाउने शिक्षकहरुलाई बुधबारदेखि तीनदिने भाषा शिक्षण तालिम सञ्चालन गरिएको एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए । बुधबारबाट सुरु भएको तालिमको उद्घाटन सत्रमा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका प्रमुख सुवास आचार्य, बारपाक सुलिकोट गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख भीमकुमार श्रेष्ठ, रुम टु रिडका वरिष्ठ फिल्ड कार्यक्रम व्यवस्थापक सुशील तिम्सिना र एकीकरण नेपालका कार्यकारी निर्देशक देवकोटाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै बिगत दुईबर्षदेखि सञ्चालन गरिएको यो तालिमले शिक्षकहरुमा पढाउने सीपको विकास भएको जसले गर्दा शिक्षण क्रियाकलाप अत्यन्त प्रभावकारी भएको बताइएको थियो । रुम टु रिड तथा एकीकरण नेपालले गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजीरकोट, सिरानचोक, बारपाक सुलिकोट, सहिदलखन, गण्डकी, र भीमसेनथापा गाउँपालिकाका छनोट भएका सय विद्यालयका शिक्षकहरुलाई तालिम दिइएको दिएको हो । पहिलो चरणमा चार पालिका र दोस्रो चरणमा चार पालिकाका शिक्षकलाई सहभागी गराइएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्