| बुधबार, अशोज १३, २०८३

द्रव्यशाह बहुमुखी क्याम्पसमा विद्ययार्थी संगठनले लगायो ताला

गोरखाको द्रव्यशाह बहुमुखी क्याम्पसको लेखा शाखा र क्याम्पस प्रमुखको कार्य कक्षामा तालाबन्दि गरिएको छ । बुधबार गोरखा नगरपालिका ९ लक्ष्मीबजार स्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा अनियमितता बढेको भन्दै स्वतन्त्र विद्ययार्थी युनियन र विद्ययार्थी संगठनहरुले संयुक्त रुपमा क्याम्पसमा ताला लगाएका हुन् ।

‘क्याम्पसमा आर्थिक हिनामिना भएको थाहा पायौँ’, नेपाल विद्ययार्थी संघ द्रव्यशााह ईकाइका सभापति प्रमोद कुवँरले भने, ‘क्याम्पसले हिसाव माग्दा देखाउन सकेन, त्यसैले अनिश्चितकालका लागी क्याम्पस प्रसाशन बन्दा गरेका छौँ ।’ नेपाल विद्ययार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रुपमा ताला लगाएको कुवँरले बताए । क्याम्पस प्रसाशन सहमतिमा नआए विद्ययार्थी संगठनहरु आन्दोलनमा आउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्