
माध्यमिक तहसम्म निशुल्क शिक्षा कार्यान्वयन नभएको भन्दै अनेरास्ववियुको ध्यानाकर्षण
शिक्षा नियमावली २०७७ ले माध्यमिक तहसम्म निशुल्क शिक्षा घोषणा गरेपनि हालसम्म कार्यान्वयन नभएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन जिल्ला कमिटी गोरखाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।मंगलवार प्रमुख जिल्ला अधिकारीमार्फत गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालय, जिल्ला समन्वय समिति, शिक्षा बिकास तथा समन्वय इकाई, जिल्लाका स्थानीय तह र शिक्षा सम्वद्ध सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियु जिल्ला अध्यक्ष प्रताप ढकालले बताए ।
कक्षा ११ र १२ मा भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क वा अन्य अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था भएपनि जिल्लाका बिद्यालयहरुल विभिन्न बहानामा अतिरिक्त शुल्क लिदै आएको भन्दै उनीहरुले त्यसको बिरोध समेत गरेका छन् । ‘कक्षा ११ र १२ मा जिल्लाको सन्दर्भमा बिभिन्न वहानामा अतिरिक्त अन्य थप शुल्क समेत लिई बिद्यार्थी तथा अभिभावकमा आर्थिक बोझ थपी शिक्षाबाट बिमुख गराउने गरी बिद्यालय प्रशासन, स्थानीय तह, सरकार र राज्य प्रस्तुत हुनु दुखद कुरा हो ।
यस्ता नीति नियम विपरित क्रियाकलापहरुको हाम्रो संगठन बिरोध तथा भत्र्सना गर्दछौ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
स्थानीय तहले आवास सुविधा सहितको अध्ययनको व्यवस्थाका साथै अपाङ्गता भएका र आर्थिक रुपले विपन्न तथा दलित समुदायका बिद्यार्थीलाई माध्यमिक तहसम्म छात्रवृत्तिको व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन् ।




