| मङ्लबार, अशोज १९, २०८३

गोरखामा यसबर्ष पाठ्यपुस्तक अभाव नहुने, ८० प्रतिशत पाठ्यपुस्तक आइसक्यो

केशव गुरुङ :

गोरखामा नयाँ शैक्षिक सत्रका लागि ८० प्रतिशत पाठ्यपुस्तक आइकेका छन् । कक्षा ७ को सामाजिक विषयबाहेक ८० प्रतिशत पाठ्यपुस्तक आइसकेको र बाँकी वैशाख १० गतेसम्म आइपुग्ने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको सहसचिव प्रदीप खनालले बताए ।

‘सात कक्षाको ५० प्रतिशत मात्र पुस्तक आएको छ । सामाजिक लगायत विषयका पुस्तक आएका छैन । सात कक्षाको बाहेक सबै कक्षाको ८० प्रतिशत पुस्तक आइसक्यो । बाँकी पनि अब छिट्टै आउछ’, उनले भने । यसपाली विगतका वर्षहरुमा जस्तै पाठ्यपुस्तक अभावको समस्या झेल्नु नपर्ने उनले बताए । वैशाखको ५ गते भित्रका सबै किताब आइपुने उनको दावी छ । यस्तै पछिल्लो समयमा विद्यार्थीको संख्या पनि घढ्दै गएको बताउदै आफुहरुले अघिल्लो वर्षको तथ्यांक अनुसार पुस्तक आयात गरेको सचिव खनालले बताए । यदि विद्यालयले समयमै विद्यार्थीको संख्या पठाएमा भर्नासँगसँगै पाठ्यपुस्तक हातहातमा पाउने उनले बताए ।

जनक शिक्षा सामग्री केन्द्रले आगामी वैशाख १० गते भित्रका बाँकी २० प्रतिशत पुस्तक पनि परिपूर्ति हुने दावी गरेका छन् । हाल कक्षा एकदेखि कक्षा पाँचसम्म निजी क्षेत्रका छाप्दै आएका छन् भने कक्षा ६ देखिमाथि जनक शिक्षा सामग्री केन्द्र छाप्दै आएको छ ।

जिल्ला शिक्षा तथा समन्वय इकाई गोरखाका प्रमुख सुवास आचार्यका अनुसार गोरखामा हाल कक्षा एकदेखि कक्षा १२ सम्ममा ६६ हजार ६ सय २८ जना विद्यार्थी रहेका छन् । कक्षा एकदेखि कक्षा ६ सम्म २७ हजार सातसय १६ जना, कक्षा ६ देखि ८ सम्म १५ हजार आठ सय ३२ जना र कक्षा ९ देखि १० सम्म नौ हजार सात सय १५ जना विद्यार्थी रहेका छन् । यस्तै कक्षा ११ र १२ मा ५ हजार ८२ जना विद्यार्थी रहेको आचार्यले जानकारी दिए । यसमा संस्थागत र सरकारी विद्यालयमा अध्ययनत विद्यार्थीको संख्या भएको पनि उनले बताए ।

त्यस्तै, जिल्लामा आइपुगेको पुस्तक व्यवसायी आफैले पालिकाको केन्द्र र विद्यालयसम्म भने पु¥याउन नपाइने जनाएको छ । संघीय सरकारले स्थानीय तहको पालिकामा पाठ्यपुस्तक खरिद गर्नका लागि पैसा पठाउने गर्छ । स्थानीय तहले आफनो पालिकाभित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीका संख्याको आधारमा विद्यालयमा खाता सरकारी मूल्य अनुसारको पैसा पठाउने गर्दछ र विद्यालयले आपूmलाई पायक पर्ने स्थानबाट पुस्तक खरिद गर्ने गर्दछन् ।

गोरखामा हाल सात स्थानबाट पाठ्यपुस्तक विक्री वितरण भइरहेको छ । उत्तरी गोरखाका लागि आरुघाटबाट पुस्तक वितरण गर्ने कार्य भइरहेको महासंघ गण्डकी प्रदेश सचिव खनालले बताए । पाठ्यपुस्तक विक्री वितरण गर्ने बाँकी ६ वटा पसल भने गोरखा सदरमुकाममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्