| मङ्लबार, अशोज १९, २०८३

शक्ति र महेन्द्र ज्योति माविमा रामकृष्ण स्मृति छात्रवृद्धिकोष स्थापना

गोरखा नगरपालिका ६ पदेली घर भई बेलायन बस्दै आएका रामकृष्ण श्रेष्ठको स्मृतिमा छात्रवृद्धिकोष स्थापना भएको छ । मृगौला रोकका कारण केही महिना अघि निधन भएका उनको स्मृतिमा बेलायत निवासी गोरखालीबाट रकम संकलन गरी छात्रवृद्धिकोष स्थापना गरिएको हो ।

सो रकम आइतबार विहान एक कार्यक्रम गरी विद्यालयलाइ हस्तान्तरण गरिएको हो ।
रकम संकलन गर्ने विनयचन्द्र आचार्य र सचिन श्रेष्ठले ती दुई विद्यालयमा अध्ययनरत बालबालिकालाई पठनपाठनमा सहयोग पु¥याउने गरी अक्षयकोष स्थापना गरेका हुन् ।

गोरखा नगरपालिका वडा नं ६ पदेलीका स्वर्गीय रामकृष्ण श्रेष्ठको स्मृतिमा तीन लाख ८९ हजार नौ सय रुपैयाको अक्षयकोष स्थापना गरिएको हो ।

अक्षयकोषका लागि प्राप्त भएको कुल तीन लाख ८९ हजार नौ सय ४१ रुपैया दुइ वटा विद्यालयलाई बराबर बाड्दा प्रति विद्यालय एक लाख ९४ हजार नौ सय ७० रुपैया एउटाको भागमा परेको छ । रामकृष्ण स्मृति छात्रवृत्ति कोष स्थापना गरी दुवै विद्यालयमा अध्ययनरत तीन÷तीन जना बालबालिकाहरुलाई हरेक वर्ष छात्रवृत्ति दिने निर्णय भएको अक्षयकोषका समन्वयकर्ता रामचन्द्र आचार्यले बताए ।

विद्यालयले छनौट गरेका गरिब, जेहेन्दार विद्यार्थीले छात्रवृत्ति रकम पाउनेछन् । वार्षिक रुपमा दुवै विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत एक जनालाई रु १० हजार र कक्षा ६ देखि १० सम्म अध्ययनरत २ जनालाई ४÷४ हजार दरले दिइनेछ ।

मृगौंला समस्याबाट पिडित श्रेष्ठको उपचारका क्रममा गत भदौ ९ गते युकेमा मृत्यु भएको हो । बराहदेखि धारापानी सम्मका १७ स्थानीयहरुले केही रकम संकलन गरेका थिए । उपचारक्रममा मृत्यु भएकाले संकलित रकम उनले अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरिएको आचार्यले जानकारी दिए ।

श्रेष्ठले कक्षा ६ सम्म महेन्द्रज्योति र ७ देखि शक्ति माविमा अध्ययन गरेका थिए । स्थानीयहरु विनय आचार्य, दिनेश भण्डारी, भगवान श्रेष्ठ, सचिन श्रेष्ठ, संगीत श्रेष्ठ, सम्झना श्रेष्ठ लामा, सुशील प्रजापति, रामबाबु श्रेष्ठ, निरपेश श्रेष्ठ, निर्मल श्रेष्ठ, सुजन श्रेष्ठ, राम मास्के, गंगा करणजित श्रेष्ठ, उत्तम श्रेष्ठ, ज्योति श्रेष्ठ र गानु प्रधानले उक्त रकम सहयोग गरेका हुन् ।

आइतबार चेक हस्तान्तरण कार्यक्रममा अक्षयकोषका समन्वयकर्ता रामचन्द्र आचार्य, कोषका संरक्षक तोपमान श्रेष्ठलेशक्ति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवरामश्रेष्ठ, विद्यालयका प्रधानाध्यापक बद्री अर्याल, महेन्द्रज्योति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर अछामी, विद्यालयका नि.प्रधानाध्यापक नन्दकुमार श्रेष्ठ लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्