
तमु विद्यार्थी छोँज धि गोरखाद्वारा रत्नलक्ष्मी माविका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण
गोरखा नगरपालिका वडा नं ८ मा रहेको रत्नलक्ष्मी माविका विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको छ । नेपाल तमु(गुरुङ) विद्यार्थी छोँज धिं जिल्ला कार्यसमिति गोरखाको २७ औँ स्थापना दिवसको अवसरमा विद्यालयमा अध्ययरत बालबालिकाहरुलाई विहिबार स्टेशनरी सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा २० दर्जन कापी, दुई वटा भलिबल, एउटा नेट, १८ प्याकेट पेन र ११ दर्जन पेनसिल लगायत इरेजर, कटर वितरण गरिएको समितिका जिल्ला अध्यक्ष मनोज गुरुङले बताए ।
विद्यालयका अध्ययनरत नर्सरी देखि कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाहरुलाई उक्त सामग्री वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई पठनपाठनमा सहयोग होस भन्ने उद्देश्यले स्टेशनरी सामग्री र खेलकुद सामग्री वितरण गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

उक्त स्टेशनरी र खेलकुद सामग्रीले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई धेरै सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक साधना त्रिपाठीले जानकारी दिइन् ।
सम्पूर्ण तमु गुरुङ विद्यार्थीहरु एक हौँ भन्ने नारा सहित कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममालाई समितिका सदस्य विपना गुरुङले सहजीकरण गरेकी थिइन् ।
समितिका अध्यक्ष मनोज गुरुङको अध्यक्षतामा कार्यक्रममा आदिवासी जनजाति महासंघ गोरखा नगरकार्य समितिका अध्यक्ष कर्ण गुरुङ, विद्यालयका प्रधानाध्यापक साधना त्रिपाठी लगायत समितिका सदस्य, विद्यालयका शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।




