| मङ्लबार, अशोज १९, २०८३

भिमसेन थापा गाउँपालिकामा लोकसेवा तयारी कक्षा संचालन

गोरखाको भीमसेनथापा गाउँपालिकाले लोकसेवाको तयारी कक्षा संचालन गरेको छ । बिभिन्न वडा र छिमेकी आरुघाट गाउँपालिका, गोरखा नगरपालिकाबाट पनि तयारी कक्षामा सहभागी भएका छन् ।

वडा नम्बर ५ को शान्ति मावि बगुवामा बिहान ७ बजेदेखि कक्षा संचालन हुने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए । पुस २८ गतेदेखि कक्षा संचालन भईरहेको छ ।

निर्धारित पाठ्यक्रमको परिधिभित्र रहेर कक्षा संचालन भएको र पाठ्यक्रम पनि गाउँपालिकाले उपलब्ध गराउने उनले बताए । ‘अनुभवी प्रशिक्षकबाट प्रशिक्षण हुँदै आएको छ, लोक सेवा र शिक्षक सेवा आयोगको परिक्षामा उतिर्ण गराउने लक्ष्य हो’, प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भने ।

इच्छुकलाई आवेदन माग गरेर निशुल्क रुपमा सहभागीलाई कक्षा संचालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्