
आचार्यद्वारा गुरुकुललाई आर्थिक सहयोग
गोरखा नगरपालिका ७ धारापानी घर भई हाल बेलायतमा रहेका विनयचन्द्र आचार्यद्वारा गोरखामा सञ्चालित एक मात्र गुरुकूल गोरखक्षनाथ वैदिक गुरुकुल विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।
आचार्यले हजुरबुबा स्वर्गीय जगन्नाथ आचार्यको २५ औँ श्राद्धको अवसरमा १५ हजार सातसय पैतालिस रुपैयाँ सहयोग गरेका हुन् ।
उक्त रकम बिनयचन्द्रका पिता रामचन्द्र आचार्य र माता सुशीला आचार्यले मंगलवार गुरुकुलमा हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण गर्दै रामचन्द्र आचार्यले विद्यालयको प्रगतिको कामना गरे ।




