| मङ्लबार, अशोज १९, २०८३

विन्ध्यावासिनी माविमा कोमलनारायण श्रेष्ठस्मृति छात्रवृत्ति कोष स्थापना

गोरखा नगरपालिका ३ स्थित विन्ध्यावासिनी माविमा कोमल नारायण श्रेष्ठस्मृति छात्रवृत्ति स्थापना गरिएको छ ।

गोनपा ३ नारेश्वर घर भई हाल गोरखा बजारमा व्यवसाय गर्दै आएका जीवनज्योति श्रेष्ठले आफ्ना स्वर्गीय पिता कोमलनारायण श्रेष्ठको स्मृतिमा एकलाख एकहजार एकसय ११ रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरेका हुन् ।

विहिबार सो विद्यालयमा आयोजित ६२ औं बार्षिकोत्सव समारोहको अवसर पारेर सो कोष विद्यालयका प्रधानाध्यापक उदयबहादुर भट्टलाई हस्तान्तरण गरेका हुन् । सो कोषको वैँकको व्याजबाट प्राप्त रकमबाट त्यहाँ अध्ययनरत असहाय, गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिनेगरी कोष स्थापना गरिएको श्रेष्ठले बताए ।

आफनो परिवार सबैको सहभागितामा अक्षयकोष स्थापना गरिएको उनको भनाइ छ । श्रेष्ठ गोरखा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पनि हुन् ।

सो समारोहमा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर मसली माया थोकर, स्थानीय जनप्रतिनिधि, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्