| बिहिबार, अशोज २१, २०८३

लैङ्गिक हिंसा न्यूनीकरणका लागि सभ्य समाज निर्माणमा जोड

लैगिंक हिसां न्यूनीकरणका लागि सभ्य समाजको निर्माणमा जोडदिनुपर्ने बताएका छन् । गोरखा नगरपालिकामा आइतबार भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तरगत भएको अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले सभ्य समाज निर्माण भएमा मात्र लैङ्गिक हिंसा न्यूनीकरण हुने बताएका हुन् ।

गत मंसिर ९ गतेबाट सुरु भएको अभियान गोरखाको भिसमेन र अजिरकोट गाउँपालिका हुदै आइतबार गोरखा नगरपालिकामा आयोजना गरिएको थियो । कार्यक्रममा जिल्ला न्यायधिवक्ता सुरेन्द्र काफ्लेले लैङ्गिक हिंसा सम्बन्धी कानूनी व्यवस्थाको बारेमा सहभागिहरुलाई प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । उनले लैङ्गिक हिंसा के हो ? हिंसाका प्रकारहरु, लैङ्गिक हिंसा न्यूनीकरणका लागि निर्माण गरिएका कानूनी व्यवस्थाहरुका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रम गोरखा नगरपालिका प्रमुख कृष्ण रानाले लैङ्गिक हिंसा न्यूनीकरणका लागि सबैले आ–आफ्नो घरबाट प्रयास थाल्नुपर्ने बताए । यो अभियान १६ दिन मात्र नभई वर्षभरी नै संचालन गर्नुपर्ने उनको भनाइ छ । महिला र पुरुष माथि हुने हिंसालाई न्यूनीकरण गर्न समाजलाई सभ्य बनाउन तर्फ लाग्नुपर्नेमा उनले जोड दिए ।

सोहि कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख केदार खनालले हिंसा न्यूनीकरणमा प्रहरीको भूमिका सम्बन्धी प्रस्तुतीकरण प्रस्तुत गरे । उनले लैङ्गिक हिंसाको समस्या, चुनौती, हिंसा परेका व्यक्तिहरुले उजुरी गर्ने प्रक्रियाका बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

त्यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले संविधानको कागजको पानामा लेखिएको कुराहरुलाई सबै नागरिकले व्यवहारमा लागुगर्नुपर्ने बताए । संविधानले राज्यका हरेक तहमा सबै नागरिकहरुलाई सम्मान सहभागिता हुने अवसर प्रदान गरेको बताउदै आफुले जानेका कुराहरुलाई व्यवहारमा लागुगर्नुपर्ने उनले बताए ।

महिलाहरु आर्थिक रुपमा भएमा मात्र हिंसा न्यूनीकरण हुने बताउदै महिलाहरुको क्षमता अभिवृद्धि हुने कार्यहरु संचालन गर्नका लागि स्थानीय तह र महिला समूहहरु सक्रिय भएर लाग्नुपर्ने उनले बताए । त्यस्तै, महिला हिंसा न्यूनीकरणमा बाधा पु¥याउने रुढीवादी, परम्परागत चालचलनहरुलाई हटाउदै सबैलाई शिक्षित बनाएर सभ्य समाज निर्माणमा जोड दिनुपर्ने उनले जानकारी दिए । शोषण रहित महिला मैत्री जिल्ला निर्माण गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटाले स्थानीय तह र जिल्ला प्रहरी कार्यालयले गाउँ, समुदायमा पुगेर हिंसा परेको व्यक्तिहरुलाई कानुनी व्यवस्थाको बारेमा जानकारी गराउनुपर्ने बताए । सहर वा गाउँमा धेरै जनाले हिंसा पिडित भएका व्यक्तिहरुले कानुनी व्यवस्था थाहा नभएकाले धेरैले उजुरी गर्ने नआएकाले सरोकारवाला निकायहरुले पनि उजुरी प्रक्रियाका बारेमा जनताले जानकारी गराउनुपर्ने उनको भनाइ ।

गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकालले नेपालमा गर्भ देखि चिहान सम्म लैङ्गिक हिंसा कायम रहेको बताउदै समाजका शिक्षित, चेतनशील अगुवाहरुले यसको न्यूनीकरण गर्न लाग्नुपर्ने बताए ।

गोरखा नगरपालिकाको आयोजना, समाजिक विकास कार्यालय गोरखाको सहयोग र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन तथा समन्वय समितिको समन्वय कार्यक्रम भएको हो । मंसिर ९ गतेबाट सुरु भएको अभियान मंसिर २४ गते सम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्