
गोरखाको सुकुम्बासी राख्न बनाइएको भवन प्रयोगबिहिन
एकातिर काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गाको घरबस्ती तत्काल खालि गर्न निर्देशन गरेको छ, अर्कातिर सुकुम्बासीहरु चारदशकदेखि बस्दै आएको थातथलोबाट हटाउन नपाइने भन्दै सशस्त्र प्रतिकारमा छन् ।
सुकुम्बासी र महानगर बीचको यो बिवाद चुलिँदा गोरखामा भने भूमिहिन सुकुम्बासीका राख्नका लागि बनाइएको घर प्रयोग बिहिन छ ।
गोरखा पालुङटारको च्याङ्लीमा बनेको सो भवनमा सुकुम्बासी परिवारलाई राख्न सकिने भन्दै कतिपयले सामाजिक सञ्जालमा तस्वीरसहित सुझाव दिइरहेका छन् ।
गोरखामा पनि भूमिहिन सुकुम्बासीहरु छन् । सबै पालिकाका भूमिहिन सुकुम्बासीलाई जग्गा दिन भूमि आयोगले जिल्लामा पनि काम गरिरहेको छ । तर त्यो भवन जिल्लाभित्रका भूमिहिन, सुकुम्बासीकालागि प्रयोग हुने संभावना कम हुँदै गएको छ ।
गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीमा करिब १५ करोड लगानीमा तीनवटा ठूला भवन निर्माण भएको छ ।
छ रोपनी ११ आना जग्गामा श्याम सुन्दर निर्माण सेवाले भवन निर्माण गरेको हो । भवन निर्माण पूरा भईसक्दा ती भवन केमा प्रयोग हुन्छ भन्ने अन्यौल छ । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका सवइन्जिनियर पुरुषोत्तम पङ्गेनीले भवन निर्माणको काम करिब पूरा भएको बताए ।
‘पहिले डिजाईनमा टूस्ट थिएन अहिले थप भएको छ’, उनले भने, ‘निर्माण गरेर पनि सकियो, तर यो विभागबाट स्वीकृत हुन र बजेट निकासा गर्न बाँकी छ ।’ निर्माण कम्पनीका प्रतिनिधि वीरेन्द्र बिसुवालले काम करिब सकिएको बताए । ‘सम्झौता भएको २२ महिनामा सक्नुपर्ने थियो, तर कोरोनाका कारण र काम रोकिएका कारण समयमै सकिएन’, उनले भने, ‘थोरै काम रहेको र अहिले पनि धमाधम भईरहेको उनले बताए ।
ठूलाठूला तीनवटा ब्लकमा भवन निर्माण भएको छ । राष्टिूय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई गोरखाले सुरु गरेको काम उक्त कार्यालय खारेज भएसँगै संघीय आयोजना कार्यान्वयन इकाईले जिम्मा लिएको थियो । विसं २०७४ मा निर्माण सुरु भएको उक्त भवन सम्पन्न गरी निर्माण कम्पनीले २०७६ मा अर्थात २२ महिनाभित्र कार्यालयलाई बुझाउनुपथ्र्यो ।
भवन निर्माणका क्रममा जगको काम सकेपछि राष्टिूय पुन निर्माण प्राधिकरणले तत्काल काम रोक्न निर्देशन ग¥यो । तत्कालिन समयमा २२ महिना काम रोकिएपछि पुन सुरु गर्दा ढिलो भएको दावी निर्माण कम्पनीको छ । उक्त भवन भूमिहिन सुकुम्बासी भुकम्प पीडित एक सय ३० घर परिवारलाई राख्ने उद्देश्यले निर्माण भएको थियो । सबै भुकम्प पीडितले राज्यले दिएको तीन लाख अनुदान लिएर र भूमिहिनले थप दुई लाख सहित घर बनाएर बसिसकेपछि अब त्यो भवन के मा प्रयोग हुन्छ भन्ने अन्यौल बढेको हो ।
स्थानीय पूर्णिमा कुमालले घर नजिकै बनेको ठूलो भवनमा अस्पताल कि क्याम्पस भए सहज हुने बताइन् । ‘छोराछोरी पढाउन सजिलो हुन्थ्यो, अहिले अन्यत्र पढ्न जाँदा धेरै खर्च लागेको छ’, उनले भनिन्, ‘कि अस्पताल बन्यो भनेपनि उपचारका लागि सजिलो हुन्थ्यो ।’
भुकम्प पीडितकालागि भनेर बनाएको भवन प्रयोग बिहिन हुने हो कि भन्ने चिन्ता स्थानीयलाई छ । स्थानीय बलबहादुर कुमालले के बनेको भन्ने थाहा नभएको बताए । जे को लागि बनाएको भएपनि अब अस्पताल हुने हो भने उपचारकालागि काठमाण्डौँ, चितवन जाने पैसाले गाउँमै सुविधा हुने उनले बताए ।
‘राज्यले यति धेरै खर्च गरेको छ, यो यसै खेर जान त भएन नि !’ निर्माण ब्यवशायी पनि आफैँले बनाउँदै गरेको भवन केका लागि राज्यले प्रयोग गर्छ भन्नेमा अनविज्ञ छन् । पहिले सुकुम्बासी भुकम्प पीडितलाई राख्ने उद्देश्यले ठेक्का सम्झौता भएको भवन काम सुरु भएपछि डिजाईन परिर्वतन भयो । अहिले खुल्ला कोठाहरु बनाइएको छ । भवन सुविधा सम्पन्न छ । हरेक कोठामा बरण्डा छ । कम्पाउण्ड गरिएको छ ।
विद्युत, फ्यान, पानीको लाईन सबै जोडिएका छन् । सुविधा सम्पन्न यो भवनको प्रयोगबारे कुनै जानकारी नभएको कम्पनीका प्रतिनिधि वीरेन्द्र बिसुवालले बताए । निर्माण कम्पनीले संघीय आयोजना कार्यान्वयन इकाई कास्की र उक्त इकाईले पालुङटार नगरपालिकालाई भवन हस्तान्तरण गर्नेछ । भवन हस्तान्तरण गरेपछि त्यसलाई कुनै न कुनै रुपमा प्रयोग गरिने नगरप्रमुख विवश चिन्तन बताउँछन् ।
‘हामीसँग योजना छ, भवन हस्तान्तरण भएपछि निर्णय गरेर योजना अनुसार के सकिन्छ त्यो गछौँ’, उनले भने । दुई तीनवटा बिकल्पका विषयमा छलफल भईरहेको छ । ‘कृषि क्याम्पस, अस्पताल, बिजनेस कम्प्लेक्स यी मध्ये कुनै रुपमा पनि प्रयोग गर्न सकिन्छ, धेरै बिकल्प छन्’ उनले भने । हस्तान्तरण भएपछि प्रयोगमा ल्याउने गरी अघि बढ्ने उनले बताए ।




