
म्यादी प्रहरी र टोलबासीद्वारा गोरखादरबार जाने सडक मर्मत
म्यादी प्रहरीको सक्रियतामा गोरखा दरवार जाने सडक मर्मत गरिएको छ । पदेँलथोक टोल बिकास संस्था, गोरखा दरबार हेरचाह अड्डाका कर्मचारी, सुरक्षाकर्मी र म्यादी प्रहरीको सहभागितामा मंगलबार गोरखा दरवार जाने सडक मर्मत गरिएको हो ।
गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली र गोरखनाथ मन्दिर जाने सडकको बीचबीचमा ठुल्ठुला खाल्डा परेको थियो । सतिपिपल हुँदै दरवार जाने सडकको गुम्बा नजिकको मोड र आसपास भत्किएको खण्डमा मर्मत गरिएको पदेँलथोक टोल बिकास संस्थाका सल्लाहकार प्रकाशचन्द्र श्रेष्ठले बताए ।
खाल्डो भएको ठाउँमा ढुङा माटो हालेर सडक पुरिएको छ । तत्कालकालागि केही सहज भएपनि दिर्घकालीन रुपमा पुन कालोपत्रे गर्नुपर्ने अवस्था रहेको श्रेष्ठले जानकारी दिए ।
म्यादी प्रहरीको सक्रियतामा सडक मर्मत भएपछि गोरखा दरवार हेर्न आउने विद्यार्थी, भक्तजनहरुलाई पनि आउजाउ गर्न सहज हुने पदेलथोक टोल बिकास संस्थाका अध्यक्ष मंगलबहादुर थापाले बताए ।




