
कक्षा १२ को पुरक परीक्षमा गोरखामा ६ वटा केन्द्र रहने
असोज ३० र ३१ गते कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा हुने भएको छ ।
जस अन्तरगत गोरखामा सरस्वती मावि आहाले, महेन्द्रज्योती मावि दरबारमार्ग, शक्ति मावि पाटैचौर, महेन्द्र मावि कुन्दुर, महालक्ष्मी मावि लक्ष्मीबजार, भवानी मावि ठाँटीपोखरी परीक्षा केन्द्र तोकिएका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएका विद्यार्थीको ग्रेडवृद्धि (पूरक) परीक्षाको लागि परीक्षा केन्द्र तोकेको हो ।
१ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका मध्ये ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जनाले दिन पाउने कार्यालयले जनाएको छ ।
परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।




