| बिहिबार, बैशाख ३०, २०८३

प्रथम जेसीज फुटसल प्रतियोगिताको उपाधी शुक्लागण्डकी जेसिजलाई

जिल्लामा आयोजित ‘प्रथम जेसीज फुटसल प्रतियोगिता’को उपाधी शुक्लागण्डकी जेसिजले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा जेसिज बाग्लुङलाई ६–० को फराकिलो गोल अन्तरले हराउँदै शुक्लागण्डकी जेसिज विजयी भएको हो ।

उपाधी विजेता शुक्लागण्डकी जेसिजले नगद रु ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको गोरखा जेसीजका अध्यक्ष सुमन गुरुङले बताए । यस्तै, प्रतियोगिताको उपविजेता बनेको जेसिज बाग्लुङले भने नगद रु ३० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको उनले जानकारी दिए ।

गोरखा जेसिजको आयोजनामा शुक्रबारबाट प्रतियोगिता सुरु भएको थियो । गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा राष्ट्रिय निरुपित उपाध्यक्ष अभिषेक दुलालको मातहतमा रहेको ‘एरिया बि’ का ८ शाखाहरुका टिमको सहभागिता रहेको थियो ।

गोरखासहित बाग्लुङ, लम्जुङ, भानु नगरपालिका बन्दिपुर, ब्यास नगरपालिका दमौली, पोखरा लेखनाथ र शुक्लागण्डकी जेसिजका टिमले प्रतियोगितामा सहभागीता जनाएको गोरखा जेसिजको भनाई छ ।

जेसिज गोरखाका अध्यक्ष सुमन गुरुङको अध्यक्षता एवं गोरखा नगरपालिका वडा नं ९ का वडाअध्यक्ष कुलबहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा जेसिज नेपाल ‘एरिया बि’की निरुपिच राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एलिना महर्जन, जेसिज नेपाल ‘एरिया बि’का राष्ट्रिय निरुपित उपाध्यक्ष अभिषेक दुलाल, नेपाल जेिसजका अध्यक्ष सल्लाहकार विजय गुरुङ लगायत जेसिज गोरखाका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

युवाहरुको क्षमता बृद्धिसँगै जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको जेसिज गोरखाका अध्यक्ष गुरुङले बताएका छन् । खेलको माध्यमबाट बिभिन्न जिल्लाका जेसीजबीचको सम्बन्ध थप सुमधुर हुने अपेक्षा समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्