
इप्रका आँबुखैरेनीका इन्स्पेक्टर सुवेदी गण्डकी प्रदेशका उत्कृष्ट प्रहरी घोषित
लागुऔषध नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेका इलाका प्रहरी कार्यालय आँबुखैरेनीका इञ्चार्ज इन्स्पेक्टर टेकप्रसाद सुवेदी गण्डकी प्रदेशभरिकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।
कार्य सम्पादनका आधारमा हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको गण्डकी प्रदेश प्रहरी कार्यालयले फागुन महिनाका उत्कृष्ट प्रहरीका रुपमा सुवेदीलाई घोषणा गरेको हो ।
प्रदेश मातहतका सम्पूर्ण प्रहरी कार्यालयबाट सिफारिस भई आएका प्रहरी कर्मचारीहरुमध्येबाट इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख, प्रहरी निरीक्षक सुवेदी सर्वोत्कृष्ट प्रहरी घोषित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । समाजमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्दै प्रहरी संगठनको छवि उच्च राख्न योगदान पु¥याएका कारण उनलाई फागुन महिनाको उत्कृष्ट प्रहरी धोषण गरिएको कार्यालयको भनाई छ ।




