
द्रव्यशाहमा जलवायु परिवर्तन सम्बन्धी सेमिनार सम्पन्न
गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा जलवायु परिवर्तन तथा दिगो बिकास सम्बन्धी सेमिनार सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा उत्कृष्टता प्रवद्र्धन कार्यक्रम अन्र्तगत क्याम्पसको आयोजनामा शनिवार कार्यक्रम भएको हो ।
कार्यक्रममा जलवायु परिवर्तनका असर, न्यूनिकरणका उपार र हाल भइरहेका प्रयासका बारेमा जानकारी गराइएको थियो । जलवायु परिवर्तनका अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठले सहजिकरण गरेका थिए । जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको सेमिनारमा क्याम्पसका प्राध्यापक, विद्यार्थी, अभिभावक, वन उपभोक्ता समितिका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।




