
तोमनडाँडा माविको छात्रावास स्तरोन्नती हुने
गण्डकी गाउँपालिका–६ तोमनाडाँडा माविमा संचालित आवासिय छात्रावासको स्तरोन्नती हुने भएको छ । गाउँपालिका र ‘बहादुर सोसल प्रोजेक्ट’ को साझेदारीमा छात्रावासको स्तरोन्नती गर्न लागिएको हो ।
वुधवार सम्झौता गर्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटी र प्रोजेक्टका व्यवस्थापक प्रभु खतिवडाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार छात्रावास भवनको आवश्यक मर्मतसंहारका लागी पालिकाले तीन लाख र परियोजनाले एक लाख विनियोजन गर्ने बताइएको छ ।
कार्यक्रममा वडा नम्वर ६ का अध्यक्ष तुलबहादुर गुरुङ, बिद्यालयका प्रधानाध्यापक भिमलाल चेपाङ लगायतको सहभागीता रहेको थियो । पालिकाको शिक्षा समितिको आवासिय बिद्यालयलाई प्रोत्साहन गर्ने नीति अनुरुप तोमनडाँडा माध्यमिक बिद्यालयमा खेलमैदान स्तरोन्नती, बाल उद्यान निर्माण तथा छात्रावास स्तरोन्नतीको कार्यक्रम चालु आर्थिक बर्ष भित्र सम्पन्न गरिसक्ने बताइएको छ ।




