| बुधबार, अशोज १३, २०८३

नगरपालिका स्तरीय अन्तर मावि निवन्ध प्रतियोगितामा ओल्ड क्यापिटलकी अर्याल उत्कृष्ट

गोरखा नगरपालिका–७ नयाँबजारको हिमचुली बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको गोरखा नगरपालिका स्तरीय अन्तर मावि निवन्ध प्रतियोगितामा द ओल्ड क्यापिटल मावि रानीवनकी प्रशिद्धिका अर्याल प्रथम भएकी छन् ।

संस्थाको ३१ औँ स्थापना दिवसको सन्दर्भ पारेर आइतवार आयोजित प्रतियोगितामा सरस्वती मावि आहालेकी कृतिका लामिछाने दोस्रो, महालक्ष्मी मावि लक्ष्मीबजारकी अञ्जना श्रेष्ठ तेस्रो र महेन्द्र मावि कुन्दुरटारकी काजल कुमाल सान्त्वना भएका छन् ।

प्रतियोगिताका बिजेताहरुलाई फागुन १५ गते पुरस्कार वितरण हुने संस्थाका अध्यक्ष रामबाबु श्रेष्ठले बताए । ‘आर्थिक समृद्धिमा बचत तथा ऋण सहकारी’ भन्ने बिषयमा भएको प्रतियोगितामा नगर क्षेत्रभित्रका आठ वटा माविका विद्यार्थी सहभागी थिए ।

विद्यार्थीको क्षमता अभिवृद्धिका लागि तथा बालबालिकामा सहकारी र वित्तीय संस्थाको अवधारणा बसाल्न संस्थाले वक्तृत्वकला, हाजिरीजवाफ जस्ता बिभिन्न प्रतियोगिता गर्दै आएको श्रेष्ठले जानकारी दिए । संस्थाले प्रत्येक बर्ष २२ जना विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्