| बुधबार, अशोज १३, २०८३

माँझथर माविलाई कम्प्युटर र प्रिन्टर सहयोग

बारपाक सुलिकोट गाँउपालिका–३ स्थित माँझथर माविलाई कम्प्युटर र प्रिन्टर वितरण गरिएको छ । विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर शनिवार ग्लोबल आईएमई बैंकको सुलिकोट शाखाले उक्त सामग्री वितरण गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगर्त विद्यालयलाई सहयोग स्वरुप उक्त सामग्री हस्तान्तरण गरिएको शाखा प्रमुख तेजबहादुर थापाले बताए ।

गाँउपालिका अध्यक्ष विष्णु भट्टको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर गुरुङलाई एकथान कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

प्राप्त सामग्रीबाट विद्यालयको कागजात छपाई तथा विद्यार्थीको सिकाईमा सहज हुने व्यवस्थापन समितिका अध्यक्ष गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्