| बुधबार, अशोज १३, २०८३

गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति बितरण

‘गो ड्राइभर बा’ मेमोरियल फाउण्डशेन ट्रस्टले गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानी स्थित बारपाक वहुप्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ ।

मंगलबार एक कार्यक्रमका बीच दक्ष जनशक्ति उतपादनमा सहयोग पुगाोस् भन्ने उद्देश्यले शिक्षालयमा अध्यनरत १० जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको हो । देशका विभिन्न जिल्लाहरुबाट उक्त शिक्षालयमा आई अध्ययन गरिरहेका गरीब तथा जेहेन्दार विद्यार्थीहरुमध्ये १० जनालाई छात्रवृत्ति प्रदान गरिएको ट्रस्टका सचिव मिलन ढकालले जानकारी दिए ।

‘अहिलेको हाम्रो साझा कर्तब्य र उदेश्य भनेको देश बिकासको मेरुदण्ड युवा जनशक्तिमा लगानी गर्ने हो’, उनले भने, ‘तसर्थ नेपालको दिगो बिकासका लागि दक्ष जनशक्ति उत्पादनमा हौसला पुगोस् भन्ने उद्देश्यले हाम्रो संस्थाले छात्रवृत्ति वितरण गरेको हो ।’ कार्यक्रममा ७ जना विद्यार्थीहरुलाई प्रति ब्यक्ति ७÷७ हजारका दरले ४९ हजार ३ जना विद्यार्थीहरुलाई जनही २÷२ हजार रुपैयाँ बराबरको स्टेशनरी गरी ५५ हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको सचिव ढकालले बताए ।

बिभिन्न सामाजिक ब्यक्तित्वहरुको उपस्थितिमा भएको कार्यक्रममा शिक्षालयका प्रमुख सुवास ओलिया, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्ट, ट्रस्टका उपाध्यक्ष टिकाप्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भट्टले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गरेर विद्यार्थीको हितमा काम गरेकोमा संस्थालाई धन्यवाद ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्