
नगर स्तरीय मावि नृत्य प्रतियोगिता हुने
गोरखा नगरपालिकामा नगर स्तरीय माध्यमिक तह नृत्य प्रतियोगिता हुने भएको छ । स्वतन्त्र विद्यार्थी युनियन गोरखा क्याम्पसको आयोजनामा यही माघ २५ गते प्रतियोगिता हुन लागेको हो ।
नगरपालिका भित्रका माध्यमिक बिद्यालयहरुलाई समेटेर प्रतियोगिता गर्न लागिएको स्ववियुका सहायक सचिव रचन परियारले बताए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश पाँच हजार, तीन हजार र दुई हजार नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए । त्यस्तै सान्त्वना हुनेलाई एक हजार नगद पुरस्कारको व्यवस्था गरिएको बताइएको छ ।
नृत्य प्रतियोगितामा सहभागी हुदाँ संस्कृति झल्कने प्रकारको प्रस्तुती हुनेपर्ने र बढीमा चार जना मात्र सहभागी हुन पाउने आयोजकले जनाएको छ । गोरखा क्याम्पसको सभाहलमा हुने प्रतियोगितामा सहभागी हुन चाहने बिद्यालयले माघ २४ गतेसम्म दर्ता गराउनु पर्ने बताइएको छ । दर्ता शुल्क भने नलाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन स्ववियुले नगर क्षेत्रका सबै माध्यमिक तहका बिद्यालयहरुलाई आग्रह समेत गरेको छ ।





