| बुधबार, अशोज १३, २०८३

द्रव्यशाह बहुमुखी क्याम्पसद्वारा वित्तीय साक्षरता प्रशिक्षण कार्यक्रम

गोरखा नगरपालिका वडा नं. ९ का टोल विकास संस्था र सामुदायिक संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई वित्तीय साक्षरता प्रशिक्षण गराइएको छ । द्रव्यशाह बहुमुखी क्याम्पसको आयोजनामा समुदायमा विस्तारित सेवा कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता प्रशिक्षण कार्यक्रम गरिएको हो ।

कार्यक्रमबारे क्यापसका सह प्रध्यापक कृष्णप्रसाद पराजुलीले प्रकाश पारेका थिए । कार्यक्रममा टोल विकास संस्था र सामुदायिक बन समूह गरी २८ वटा सामुदायिक संस्थाहरूका ३८ पदाधिकारी तथा सदस्यहरूलाई प्रतिनिधि मुलुक रूपमा प्रशिक्षण गराएको सहप्राध्यापक पराजुलीले बताए । सामुदायिक विकासमा टेवा पु¥याउने उद्देश्यले सो कार्यक्रम गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा ३८ जनाको सहभागिता रहेको थियो । सहभागीहरुलाई एनएमबी बैक गोरखाका प्रबन्धक केशव रेग्मी, सांग्रिला बैक गोरखाका प्रबन्धक सन्दिप श्रेष्ठ र लेखा तथा उपप्रशासक सुजन कुँवरले सहजिकरण गरेका थिए । क्यापस प्रमुख रामचन्द्र दुवाडीको अध्यक्षतामा तथा कार्यवाहक वडाध्यक्ष देवेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्