| मङ्लबार, अशोज १९, २०८३

विभिन्न कार्यक्रम गर्दै हिमालय युवा समाजको वार्षिक उत्सव सुरु

गोरखा नगरपालिका वडा न. १२ मा रहेको हिमालय युवा समाजको बिहिबार उद्घाटन गरिएको छ । गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले विहिबार एक समारोहका बीच समाजको तेस्रो वार्षिक उत्सव कार्यक्रमको उद्घाटन गरेका हुन् ।

विहिबार पहिलो दिन लागुपदार्थ दव्यर्सनी जनचेतना तथा डोरी तान्ने खेल सम्पन्न भएको समाजका सचिव इश्वर प्रसाद संग्रौलाले बताए । उनका अनुसार लागु पदार्थ दुव्यर्सनी नियन्त्रणका लागि सडक नाटक देखाउनुका साथै अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो । हिमालय युवा समाजको आयोजना सुरेखा प्रोफेसनल टे«निङ सेन्टरको प्राविधिक सहयोग र गोरखा नगरपालिकाको सहयोगमा सो कार्यक्रम गरिएको हो ।

त्यस्तै, डोरी तान्ने खेलको उद्घाटन गरिएको छ । १६ वटा टिम रहेको उक्त प्रतियोगितामा पहिलो दिन आठ टिम सेमिफाइनल प्रवेश गरेको छ । उनीहरुको फाइन फागुन ६ गते हुने सचिव सग्रौलाले बताए । त्यस्तै, हाँटी फुटाई प्रतियोगिता पनि सम्पन्न भएको थियो । प्रतियोगितामा ३२ जना सहभागी भएका थिए ।

शुक्रबार फागुन ५ गते समाजको आयोजना तथा लायन्स क्लव अफ गोरखा, गोरखा लायन्स आँखा केन्द्रको सहयोगमा निशुल्क आँखा परिक्षण शिविर, निशुल्क औषधी वितरण, चस्मा वितरण तथा मोतिया विन्दुको निशुल्क अपरेशन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, वरिपरिका विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको समेत उनले बताए ।

त्यस्तै, फागुन ६ गते डोरी तान्ने खेलको फाइनल र समाजका विपन्न परिवारमा राहत वितरण तथा सम्मान कार्यक्रम रहेको उनले जानकारी दिए । फागुन सात गते संस्थाको वार्षिक साधारण सभा रहेकोछ । कार्यक्रमलाई संस्थाका सचिव संग्रौलाले सहजीकरण गरेका थिए ।

संस्थाका अध्यक्ष मनोज देवकोटाको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाका उपप्रमुख मसली माया थोकर, वडा नं १२ का वडा अध्यक्ष दिल बहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्