
केरौँजा माविलाई हाम्रो साहारा फाउन्डेसनद्वारा न्यानो कपडा र सेनेटारी प्याड बितरण
धार्चे गाउँपालिका २ केरौँजा माविमा हाम्रो सहारा फाउण्डेशनले ट्रयाकसुट र सेनिटरी प्याड बितरण गरेको छ ।
गोरखा सदरमुकामस्थित हाम्रो साहारा फाउन्डेसनद्वारा आइतबार एक कार्यक्रमका बीच संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले उक्त सामाग्री विद्यालयलाइ बितरण गरेकी हुन् ।
विद्यालयका सहायक प्रधानाध्यापक रामहरि ढकालका अनुसार इसिडी र कक्षा १ का करीब ५५ जना बिद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको छ ।
१५० जना छात्राहरुलाई पुनः प्रयोग गर्न मिल्ने सेनिटरी प्याड समेत वितरण गरिएको छ । यसले बिद्यायलयमा अध्ययनरत छात्राहरुलाई ठुलो सहयोग मिलेको उनको भनाई छ ।
संस्थाले यसअघि धार्चेका लापु, लाप्राक, काशीगाउँ, गुम्दामा छात्राहरुलाई पनि सेनिटरी प्याड बितरण गरिसकेकोे छ ।




