
रत्नलक्ष्मी माविलाई दुई वटा कम्प्युटर प्रदान
गोरखा नगरपालिका वडा नं ८ मा रहेको रत्नलक्ष्मी माविलाई राष्ट्रिय वाणिज्य वैँकले दुई वटा कम्युटर प्रदान गरेको छ ।
वैँकको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम अनुसार मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी वैँकले कम्युटर हस्तान्तरण गरेको हो ।
राष्ट्रिय वाणिज्य वैकका डिसिइओ देवेन्द्ररमण खनालले विद्यालयलाई उक्त कम्प्युटर हस्तान्तरण गरेका विद्यालयका प्रधानाध्यापक साधना त्रिपाठीले जानकारी दिइन् । उक्त ब्राण्डेट कम्युटरले विद्यालयका विद्यार्थीलाई कम्युटर सिकाउन अझ धेरै सहज हुने उनले जानकारी दिइन् ।
विद्यालयका प्रअ त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रमा राष्ट्रिय वाणिज्य बैकका डिसिइओ खनाल, राष्ट्रिय वाणिज्य बैक गोरखा शाखाका प्रबन्धक कपिल कार्की, सहायक प्रबन्धक सुजन क्यापछाकी मगरलगायतले मन्तव्य राखेका थिए ।




