| मङ्लबार, अशोज १९, २०८३

भिमसेन थापाको पालिकास्तरीय हाजिरी जवाफ प्रतियोगितामा जागेश्वर मावि प्रथम

गोरखाको भिमसेन थापा गाउँपालिका –८ मा भएको हाजिरी जवाफ प्रतियोगितामा जागेश्वर मावि प्रथम भएका छन् । जागेश्वर विद्यालय भु.पु विद्यार्थी समाजको आयोजनामा पालिकाको मावि स्तरीय मंगलबार हाजिरी जवाफ प्रतियोगिता भएको हो ।

पालिका भित्रका ८ वटा मावि हाजिरी प्रतियोगिता सहभागिता जनाएका थिए । ति मध्य १ सय ७७ अंक प्राप्त गरी जागेश्वर मा. वि बोर्लाङ्ग पहिलो बनेको हो ।

एक सय ५७ अंकका साथ सिद्धकाली मावि दोस्रो र एक सय चार अंकका साथ सरस्वती मावी तेस्रो भएको जागेश विद्यालय भुपु विद्यार्थी समाजका(२०६४–व्याच) कपिल तिमिल्सीनाले बताए ।

उनका अनुसार प्रथम, दोस्रो र तेस्रो हुनेलाई कप, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

पालिकाको मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता अत्यन्तै भव्य र सभ्य रुपमा कार्यक्रम सफल भएको उनले बताए ।
कार्यक्रमलाई सफल पार्न भूपू बिद्यार्थी साथीहरु, बिधालयका शिक्षक, शिक्षिका र सम्पुर्ण बिध्यालयमा अध्यनरत भाईबहिनीहरु सबैलाई हार्दिक धन्यबाद समेत व्यक्त गरिएको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि पालिकाका वडा नम्वर ८ का वडाध्यक्ष बिष्णु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्