
मदनेडाँडा माविका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण
पालुङ्टार ९ स्थित मदनेडाँडा माध्यमिक विद्यालयमा पढ्ने बालबालिकालाई लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीले विभिन्न सहयोगी सामग्री प्रदान गरेको छ । बिहिबार विद्यालयमा अयोजित कार्यक्रममा लायन्स क्लव अफ पोखरा फिस्टेल सिटीले स्टेशनरी सामग्री वितरण गरेको हो ।
क्लवका पदाधिकारीले विद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद उप्रेतीलाईा कम्प्युटर र १५० जना छात्रछात्राहरुलाई झोला स्टेशनरी सामान वितरण गरेको हो । त्यस्तै चारजनालाई जनही पाँच हजार रुपैयाँ वितरण गरेको थियो।
त्यस्तै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क आँखा परीक्षण शिबिर सन्चालन गरेको थियो ।




