| मङ्लबार, अशोज १९, २०८३

गोरखामा किशोरीका लागि आत्मारक्षा तालिम सुरु

गोरखामा किशोरीहरुका लागि आत्मारक्षा तालिम सुरु भएको छ । सामाजिक विकास कार्यालय गोरखाको आयोजनामा तीन दिने आत्मारक्षा तालिम मंगलबाट सुरु भएको हो ।

तालिममा गोरखा नगरपालिकाभित्रका पाँच वटा समुदायिक विद्यालयबाट ३० जना किशोरीको सहभागिता रहेको सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दीपेन्द्र श्रेष्ठले बताए । एउटा विद्यालयबाट ६ जनाका दरले सहभागिता रहेको हो । तालिम लिएपश्चात उनीहरुले आ–आफनो विद्यालयमा गएर आत्मारक्षा तालिमका बारेमा विद्यालयका किशोरीहरुलाई सिकाइने समेत उनले बताए ।

कक्षा ११ र १२ मा अध्ययन किशोरीहरुलाई तालिममा सहभागिता रहेको तालिम २८ गतेसम्म संचालन हुनेछ । तालिममा सहभागीहरुलाई हिंसा हुन लागेको कसरी पहिचान गर्ने, हिंसाको कसरी प्रतिकार गर्ने, विभिन्न हिंसामा परेको अवस्थामा कहा कसरी उजुरी गर्ने लगायतका विषयमा तालिम दिइने उनले बताए ।

गाउँबाट उच्च शिक्षा अध्ययनका लागि किशोरीहरु सहरमा धेरै आउने र हिंसाका घटनाहरु सहरमा धेरै हुन भएकाले तालिम पनि सहर केन्द्रित गरेको उनको भनाइ छ । यस तालिमबाट प्राप्त सुझाव अनुसार केही महिनापछि पालुङटार नगरपालिकामा पनि किशोरीहरुको आत्मारक्षा तालिम संचालन गर्ने योजनामा रहेको उनले बताए ।

तालिममा प्रशिक्षकका रुपमा प्रेम गुरुङले हिंसामा परेको बेला कसरी आफनो सुरक्षा गर्ने भनेर शारीरिक रुपमा तालिम दिइने छ भने प्रशिक्षक विश्व घिमिरेले सैद्धान्तिक रुपमा हिंसा भनेको के हो ? हिंसामा परेको व्यक्ति कहाँ कसरी उजुरी गर्ने लगायतका कुराहरु सिकाइने छ । तालिममा सृष्टि मिजार सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् ।

सामाजिक विकास कार्यालय गोरखाका प्रमुख दिपेन्द्र परियारको अध्यक्षता तथा जिल्ला समवन्य समितिका उपप्रमुख लिला परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा तथा समन्वय इकाई गोरखाका प्रमुख सुवास आचार्य, जिल्ला बाल संरक्षण समितिका अध्यक्ष कमला लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्