| बिहिबार, अशोज २१, २०८३

धर्मोदय माविका १७ जना बालबालिकालाई न्यानो कपडा वितरण

पालुङटार नगरपालिका वडा नं ९ मा रहेको धर्माोदय माविका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । बाल उद्धार अभियान नेपाल नामक संस्थाले बुधबार विद्यालयमा अध्ययनरत गरिब, विपन्न असहाय बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।

कक्षा १ देखि १२ कक्षासम्म अध्ययनरत १७ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको विद्यालयका प्रधानाध्याक कृष्ण न्यौपानेले बताए । संस्थाले यसअघि पनि उनीहरुलाई कहिले लत्ताकपडा, कहिले खाद्यान्न लगायतका सामग्रीहरु वितरण गर्दै आएको उनको भनाइ छ ।

विद्यार्थीको आवश्यकता अनुसार वर्षभरिमा चार/पाँच पटक विद्यार्थीलाई आवश्यक पर्ने सामग्री वितरण गर्ने गरेको उनले जानकारी दिए । विद्यालयले छनौट गरेर पठाएका विद्यार्थीहरुले मात्र सो सामग्री पाउने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्