| बिहिबार, अशोज २१, २०८३

रत्नराज्य मावि विरेन्चोकलाई कम्युटर हस्तान्तरण

गोरखा नगरपालिका वडा नम्बर १० विरेन्चोकमा रहेको रत्नराज्य माविलाई कम्युटर हस्तान्तरण गरिएको हो ।

हाम्रो प्यारो नेपाल नामक सामाजिक संस्थाले बुधबार एक कार्यक्रमका बीच सो माविलाई कम्प्युटर हस्तान्तरण गरेको हो ।

विद्यालयका प्रधानाध्यापक तेजबहादुर नेपालीलाई दुई वटा कम्युटर, एउटा ल्यापटक र २० वटा माउस हस्तान्तरण गरिएको संस्थाका सचिव जीवन ओलीले बताए ।

यस संस्थाले यस अघि पनि सो विद्यालयको भवन निर्माण तथा बालबालिकाहरुलाई लागि शैक्षिक सामग्री तथा विद्यालय पोशाक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्