| सोमवार, जेष्ठ १०, २०८३

मझुवा–मनकामना सडक दुर्घटनामा दुईजना घाइते

गोरखाको मनकामना सडकमा आइतबार साँझ जीप दुर्घटना भएको छ । आँबुखैरेनीबाट मनकामना जाँदै गरेको ग १ च ५५६७ नम्बरको टाटा योद्धा जीप साँझ पौने सात बजेतिर सडकबाट रामशाह घाट बगरमा खस्दा एक भारतीयसहित दुईजना गम्भीर घाइते भएका हुन् ।

दुर्घटनामा सोही जीपका चालक राक्सिराङ गाउँपालिका ३ सिजलटार मकवानपुर निवासी २४ बर्षीय सुजन घलान, र भारत बेतिया घर भई आँबुखैरेनी बस्ने अर्बिनकुमार शाह घाइते भएका छन् । गम्भीर अबस्थाका शाहलाई थप उपचारका लागि चितवनको मौलाकाली अस्पताल लगिएको र चालक घलानलाई आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
टाउको, आँखा, कम्मर तथा विभिन्न ठाउँमा चोट लागेर घाइते दुवैको अबस्था गम्भीर रहेको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

उकालो गइरहेको जीप पिकअप नपुगेर पछि हट्दा सडकबाट १५० मिटर तल रामशाह घाट मस्र्याङ्दी किनारमा पुगेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्