| सोमवार, जेष्ठ १०, २०८३

मोटरसाइकल र ट्रक ठोक्किँदा गोरखा नयाँबजारका आदर्श श्रेष्ठको मृत्यू

पृथ्वीराजमार्गको थाक्रे गाउँपालिका–२ सिम्ले बजारमा भएको सवारी दुर्घटनामा गोरखा नयाँबजारका आदर्श श्रेष्ठको मृत्यु भएको छ ।

काठमाडौंबाट गोरखातर्फ आइरहेका आदर्श श्रेष्ठ सवार बागमती प्रदेश ०२–०३१ प ०५७६ नम्बरको मोटरसाइकललाई आइतबार बिहान करिब ७ः२० बजे भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ३ ख ४०५५ नम्बरको डिब्बा ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई तत्काल उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको थियो । तर, उनको अवस्था गम्भीर भएपछि कलंकीस्थित नेपाल नेशनल अस्पतालमा उपचारका क्रममा बिहान ८ः२३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

ट्रक चालक धादिङको गजुरी गाउँपालिका ६ बन्छेटार निवासी ५५ वर्षीय पशुराम मगरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्