
यार्सागुम्बा संकलन गएका युवाको भीरबाट लडेर मृत्यू
यार्सागुम्बा संकलन गर्न गएका गोरखाका एक युवाको भीरबाट लडेर मृत्यू भएको छ । आफ्नै दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका ३ पाङसिङका २५ बर्षीय प्रकास गुरुङको भीरबाट लडेर मृत्यू भएको हो ।
वुद्ध हिमालको फेदमा यार्सागुम्बा संकलन गरेर फर्कने क्रममा गत बुधबार भीरबाट लडेर मृत्यू भएको वडा सदस्य विकास गुरुङले जानकारी दिनुभयो । प्रकाशको शव गाउँमा ल्याई शुक्रबार गुरुङ परम्परा अनुसार अन्त्येष्टि गरिएको उहाँले बताउनुभयो । ‘आफ्नै चार दाजुभाई यार्सागुम्बा टिप्न गएका रहेछन् । प्रकासचाहिँ अघि अघि हिडेको रहेछ’, वडा सदस्य गुरुङले भने, ‘तर साँझमा बास बस्ने ठाउँमा नभेटेपछि खोज्दे खोज्दै फर्कँदा राति दुईबजेतिर ग्ल्यासियरमा लास भेटेछन् ।’
मृतक प्रकाशको शव बिहिबार गाउँमा ल्याइपुर्याइएको र शुक्रबार परम्परा अनुसार अन्त्येष्टि गरिएको वडाअध्यक्ष गुरुङको भनाई छ ।




