| बिहिबार, जेष्ठ ६, २०८३

घर भत्किएर पुरिँदा एक बालक घाइते

पालुङ्टार नगरपालिका ९ सिस्नेरीमा एक घर भत्किँदा सुतिरहेका बालक घाइते भएका छन् ।

बुधबार बिहान सातबजेतिर अबिरल बर्षापछिको पहिरोले घर भत्किँदा सज्जन शिवभक्ति घाइते भएका वडा सदस्य अमृत नगरकोटीले जानकारी दिए ।


११ बर्षका शिवभक्ति त्रिवेणी मावि सेरामा अध्ययनरत विद्यार्थी हुन् । उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि आँबुखैरेनी अस्पताल लगिएको वडा सदस्य नगरकोटीले बताए ।


अबिरल बर्षाका कारण घरमाथिको बारी पहिरिएर धक्का दिँदा घरको गारो भत्किएको उनको भनाइ छ । घटनापछि रातामाटे प्रहरी चौकी सेराबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । घाइतेको अबस्था चिन्ताजनक नरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्