
देउवा पक्षीय काङ्ग्रेसको गोरखा जिल्ला सभापतिमा ओम गुरुङ
देउवा निकट काङ्ग्रेसको गोरखा जिल्ला सभापतिमा ओम गुरुङ सर्वसम्मत चयन भएका छन् । तीन दिनसम्म चलेको पार्टीको १५ औँ अधिवेशनले गुरुङलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो ।
अन्य पदाधिकारीहरुको भने टुङ्गो लाग्न बाँकी रहेको सो पार्टीका जगत बरामले बताए । अधिवेशनको गत शुक्रबार काङ्ग्रेस नेता शशांक कोइरालाले गरेका थिए ।




