| आइतवार, मंसिर ६, २०८३

बूढीगण्डकी बाढीपीडितलाई राहत वितरण

बूढीगण्डकी बाढीपीडितलाई लक्षित गरी राहत वितरण भएको छ । घ्याम्पेसालका समाजसेवी मनोज गुरुङको समन्वयमा प्रेमा होम फाउण्डेशन इटालीले पीडितहरुलाई राहत वितरण गरेको हो ।

शनिवार धार्चे गाउँपालिकाको दोभान, माछीखोला र आरुघाटको शान्ति बजारका १ सय ८३ घरधुरीलाई खाद्यान्न लगायतका राहत सामग्री वितरण भएको गुरुङले बताए ।

‘प्रत्येक घरधुरीलाई एक बोरा चामल, पाँच केजी दाल, पाँच लिटर तेल, दुई पोका नुन र एउटा ब्ल्याङ्केट वितरण ग¥यौ,’ उनले भने, ‘२० घरधुरीलाई सोलार समेत दियौ ।’

प्रतिक्रिया दिनुहोस्