| बिहिबार, कार्तिक १९, २०८३

बाढी पीडितलाई गोरखाली ख्रीष्टिय समुदायद्धारा राहत वितरण

बूढीगण्डकी बाढी पीडितलाई गोरखाली ख्रीष्टिय समुदायले राहत वितरण गरेको छ । बुधबार समुदायले चौथो पटक बाढी पीडितलाई सहयोग गरेको समुदायका अध्यक्ष देव थापा मगरले बताए ।

‘बुधबार भिमसेनथापा गाउँपालिकाको बाढी पीडितलाई चामल सहयोग गरेका हौँ’, उनले भने । यसअघि बाढी प्रभावित क्षेत्रहरु आरुघाट र धार्चे गाउँपालिकामा पनि सहयोग गरेको उनले जानकारी दिए । हाल आफूहरु चुमनुब्री गाउँपालिकाको बाढी पीडितहरुलाई सहयोग गर्न जुटिरहेको उनको भनाई छ ।

गोरखाली ख्रीष्टिय समुदायले बाढी प्रभावित क्षेत्रका नागरिकहरुलाई जस्ता पाता, खाद्यन्न सामाग्री, ग्यास चुलो, सिलिन्डर, लत्ताकपडा लगायत सामाग्री सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्