| बिहिबार, कार्तिक १२, २०८३

शक्ति मावि तोडफोड गर्ने व्यक्ति पक्राउ

गोरखा सदरमुकामस्थित शक्ति माध्यमिक विद्यालय तोडफोड गर्ने व्यक्ति पक्राउ परेका छन् । विद्यालय तोडफोड भएको थाहा भएको ११ दिनपछि बुधबार प्रहरीले विद्यालय तोडफोड गर्ने एक जनालाई प्रकाउ गरिएको जनाएको छ ।

दशैं फूलपातीको दिनतिर विदाको मौका छोपी विद्यालयको पुस्तकालय र पुरानो कार्यालय प्रमुखको निवास लगायत तीनवटा भवनमा तोडफोड गरी विद्युत तार चोरी गरिएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

तोडफोड गर्ने समूहले बाहिरि वायरिङ गरिएका तीनवटा भवनका सबै तार चोरी गरेका छन् । साथै बल्व, मिटरबक्सलगायतका विद्युतका सामग्रीहरु तोडफोड गरेर नष्ट गरेका छन् ।

विद्युत तारमा हुने तामाजन्य धातु चोरी गर्ने नियतले भवनको हाउस वायरिङ तोडफोड गरिएको पक्राउ परेका व्यक्तिले प्रहरी समक्ष बयान दिएका छन् । उनलाई प्रकाउ गरी बिहीबार म्याद थपका लागि पठाइने डिएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्