
नयाँसाँघुमा दशैँ मेला सुरु
गोरखाको सिरानचोक गाउँपालिका वडा नं. ६, नयाँसाँघुमा दोस्रो दशैँ मेला २०८३ सुरु भएको छ । नयाँसाँघु टोल विकास संस्थाले आयोजना गरेको मेलाको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गरेका हुन् ।
कृषि प्रवद्र्धन तथा स्थानीय उद्यमशील, घरेलु उत्पादनका वस्तुहरूको प्रचार–प्रसार तथा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । स्थानीय उत्पादन, कृषि तथा घरेलु उद्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा स्थानीयस्तरमा उत्पादित विभिन्न वस्तु तथा सामग्रीको प्रदर्शनीसमेत गरिएको छ ।
मेलाको उद्घाटनका क्रममा नयाँसाँघु क्षेत्रमा सांस्कृतिक झाँकी तथा ¥याली निकालिएको थियो । स्थानीय कला, संस्कृति, कृषि उत्पादन र उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको दशैं मेलाले स्थानीय समुदायमा उत्साह थप्ने विश्वास लिइएको छ ।




