
चट्याङ लागेर गोरखामा एकहल गोरु मरे
चट्याङ लागेर गोरखामा एकहल गोरु मरेका छन् । बुधबार बिहान साढेसात बजे चट्याङ लागेर सिरानचोक गाउँपालिका वडा नं. ४ जैसीथोक एक्लेभीरका टीकाबहादुर मालबुलको एकहल गोरु मरेको हो ।
बारीको कुनामा बाँधिराखेको ठाउँमा अचानक चट्याङ लागेर गोरु मरेका वडाअध्यक्ष भरत हमालले जानकारी दिए ।




