| शनिबार, अशोज १६, २०८३

आइतबार दिनभर विद्युत अवरुद्ध हुने

गोरखा सदरमुकाम लगायत विभिन्न ठाउँमा आइतबार दिनभर विद्युत अवरुद्ध हुने भएको छ । गोरखा बजार लगायत जिल्लाका विभिन्न ठाउँमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।
आँबुखैरेनीदेखि गोरखासम्मको ३३ केभी लाइन वरपरको रुखका हाँगा काट्ने र लाइन मर्मत सुधारको काम गर्नुपरेको हुँदा आइतबार दिनभर विद्युत सेवा अवरुद्ध हुने केन्द्रका प्रमुख राम आशिष शाहले जानकारी दिए ।

गोरखा नगरपालिका वडा नं १ देखि १२ सम्मका बस्तीहरु र भीमसेन थापा गाउँपालिका वडा नं १, ५, ६, ७ र ८, का गाउँबस्तीहरुमा विद्युत सेवा अवरुद्ध हुने उनले जानकारी दिए । यस्तै, सहिद लखन गाउँपालिका वडा नं ७, ८, ९, सिरानचोक गाउँपालिकाको वडा नं ६, बारपाक सुलिकोटको वडा नंं ५, ६, ७ र ८ तथा आरुघाट गाउँपालिकाको आरुपोखरी, देउराली र मुलाबारीमा विद्युत अवरुद्ध हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्