| मङ्लबार, अशोज १२, २०८३

सेराङ पदमार्गमा दर्जनौँ पहिरो, आवतजावत ठप्प

दर्जनौँ पहिरोका कारण पवित्र धार्मिक तथा पर्यटकीय स्थल सेराङ आवतजावत ठप्प भएको छ । गत शनिबार र आइतबार झरेको दर्जनौँ ठाउँका पहिरोले बाटो अवरुद्ध भएपछि सेराङमा रहेका पाँचसय जनाभन्दा धेरै उहीँ थुनिएका चुमनुब्री गाउँपालिका ५ का वडाअध्यक्ष काल्देन छेवाङ बताउँछन् ।

उनीहरुलाई खाद्यान्न पु¥याउन समेत नसकिएको उनको भनाइ छ । ‘बाह्र, पन्द्र ठाउँमा पहिरो झरेको छ’, वडाअध्यक्ष लामा भन्छन्, ‘पहिरोले गर्दा सेराङ गुम्बा, सेराङ विद्यालय र सेराङ वृद्धाश्रममा बस्ने पाँचसय जनाभन्दा धेरै उतै थुनिएका छन् ।’ सामान ढुवानी गर्ने एकमात्र साधन खच्चड हिडडुल गर्न पनि नसक्दा सेराङमा खाद्यान्न तथा अत्यावश्यक सामान पु¥याउन नसकिएको उनी बताउँछन् । ‘खच्चड पनि माथि नै थुनिएको छ’, उनले भने ।

चुमनुब्री ५ बिहीबाट सेराङगुम्बा पुग्न कम्तीमा पाँच घण्टा मानवबस्तीविहिन पदमार्गमा यात्रा गर्नुपर्दछ । सो बाटो पहिरिएपछि स्थानीयबासी तथा पर्यटक आवतजावत गर्न नसक्ने भएका हुन् । सो पदमार्ग मर्मतसम्भार गर्न वडा कार्यालयको बजेटले सम्भव नहुने वडाअध्यक्ष लामाको भनाइ छ ।

‘अहिले अस्थायी रुपमा हिडडुल गर्न मिल्ने बनाउनमात्र पनि १५ देखि २० लाख रुपैयाँसम्म लाग्छ’, उनी भन्छन्, ‘जटिसक्दो छिटो बाटो खुलाउनु पर्नेछ । अब गाउँपालिका र मनास्लु संरक्षण क्षेत्र आयोजनासंग अनुरोध गर्छु । पक्की संरचना बनाउन त प्रदेश सरकारले नै सहयोग गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्