| बिहिबार, भदौ १०, २०८३

रसुवा बाढी : गोरखामा केहीको शव भेटियो, केहीको टाउँको र खुट्टा मात्रै

रसुवा बाढीमा परेकाहरुमध्ये केहीको शव गोरखामा भेटिएको छ । गण्डकी गाउँपालिका र शहिद लखन गाउँपालिकाको बिभिन्न स्थानमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शहिद लखन गाउँपालिका ३ सिलिङटारस्थित त्रिशुली नदी किनारमा एकै ठाउँमा तीन जना पुरुषको शव फेला परेको डिएसपी राजकुमार श्रेष्ठले बताए ।

गण्डकी गाउँपालिका वडा नम्वर ८ धवादीघाटस्थित त्रिशुली नदीमा खुट्टा नभएको एक जना पुरुषको शव फेला परेको उनले जानकारी दिए । वडा नम्वर ६ भुम्लिचोकस्थित नदी किनारमा रुखमा अड्किएको अवस्थामा अर्काे शव फेला परेको उनले बताए ।

उनका अनुसार गण्डकी गाउँपालिका १ बुट्टारमा एक व्यक्तिको खुट्टा फेला परेको छ भने वडा नम्वर ४ फेवाटारमा एक पुरुषको टाउको फेला परेको छ । वडा नम्वर ७ ज्यामिरेघाटमा एक जना पुरुषको शव फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्