| सोमवार, भदौ १, २०८३

काठमाडौँमा गहना चोरेको आरोपमा गोरखाका दुईसहित चारजना पक्राउ

ठूलो परिमाणमा गहना चोरी गरेको आरोपमा प्रहरीले गोरखाका दुईसहित चारजनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ टौडोलमा घरको ताला फुटाएर ठूलो परिमाणमा गरगहना चोरी गरेको आरोपमा धार्चे गाउँपालिका ५ का दुईजनासहित चारजना पक्राउ परेका हुन् ।

गत मंगलबार चोरी गरेको आरोपमा प्रहरीले गोरखाको धार्चे गाउँपालिका–५ का ५१ वर्षका धनबहादुर सुनार र सोही ठाउँका ३५ वर्षीय सुकबहादुर गुरुङलाई पक्राउ गरेको हो । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले गोरखाका दुईसहित नुवाकोटको लिखु गाउँपालिका–३ का २५ वर्षीय सुमन थापा मगर र कन्चनपुरको कृष्णपुर नगरपालिका घर भएका २३ वर्षीय दीपेश नेगी रहेका छन् ।

सो समूहले २६ साउनमा टौडोलस्थित एक घरमा चोरी गरेको थियो । उनीहरुबाट नगद ७५ हजार, सुनका मुन्द्रा, झुम्का, औंठी, सुनका गहनाका टुक्राहरु, ल्यापटप, मोबाइल, घडी, अमेरिकी डलर, फलामे छिनो, रड, मूर्ति, क्याप टोपी, खुकुरी जस्ता सामानहरु बरामद गरेको छ । उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्