
झ्याँवाका शम्सेर नेपाली एकसातापछि दरौंदी बगरमा मृत भेटिए
दरौँदीले बगाएर बेपत्ता भएका सिम्जुङका एक मलामी छ दिनपछि बुधबार मृत अवस्थामा फेला परेका छन् ।
गत बिहिबार दरौंदी नदीको तालफुटे घाटमा मलामी गएका बेला नदीमा बेपत्ता भएका अजिरकोट ४ झ्यावाँका ४० बर्षीय शम्सेर नेपालीलाई प्रहरीले बुधबार बिहान साडे नौबजेतिर फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । सिरानचोक गाउँपालिका ७ स्थित दरौंदी किनारमा शव फेला पारेको प्रहरीको भनाइ छ ।
उनी गाउँका एक युवाको अन्त्येष्टि गर्ने क्रममा दरौंदी नदीमा नुहाउन भनी पसेका थिए । लगत्तै उनी बेपत्ता भएका थिए ।




