| बुधबार, साउन ५, २०८३

गोरखाको बगुवाखेतमा एक युवाको शव फेला

जिल्लाको भिमसेनथापा गाउँपालिका बगुवाखेतमा एक युवाको शव फेला परेको छ ।
पालिकाको वडा नं २ बगुवाखेतका ३३ वर्षका सागर भट्टको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सोमबार बिहान खेतमा काम गर्न गएका भट्ट साँझ घर नफर्किएपछि मंगलबार बिहान खोजतलास गर्ने क्रममा बुबा लेखनाथ भट्टले उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।
सागर भट्ट घरनजिकै कयपानीदेखि धावा जाने भित्रि सडकखण्ड मुनिको झाडीमा मृत अवस्थामा फेला परेका थिए ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्